छरिएका बादलका टुक्रा देखेर ……

Govinda, Raj, Binodi, गाेविन्दराज विनाेदी, pallawa,पल्लव

गाेविन्दराज विनाेदी,

आकाशमा छन् छरिई बसेका
काँचा वनेली फलझैँ खसेका
विभिन्न ली आकृति रूप-रङ्ग
पर्छन् त्यसै माथि पुगेर दङ्ग

अल्छीहरूका सरदार जस्ता
निरीह छाया-सरकार जस्ता
भुत्ते पुराना तरबार जस्ता
बिथोलिएका घरबार जस्ता

 

हो मूर्खको यो कि कुनै सभाझैँ
या काँस फुल्दो बगरे-गराझैँ
लागी डढेलो वनमा उठेको
हो वा धुवाँ धुम्म परी बसेको

थुप्राहरू फोहरका क्रमैले
फाले कि बाटाभरिझैँ कसैले
मैलो वितृष्णा नभमा फिँजाई
बिझाउँछन् सुन्दर नेत्रलाई

यी फैलिनाको न छ अर्थ-तत्त्व
यी गर्जिनाको न कुनै महत्त्व
हुन्छन् सबै आखिर खण्ड-खण्ड
देखावटी हो यिनको घमण्ड

हान्यो भने थप्पड वायु आई
तुरुन्त भाग्छन् सब यी डराई
हैनन् यिनी मेघ समृद्ध दानी
वर्षिन्न साथी ! यिनबाट पानी ।

गैँडाकोट, नवलपरासी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.