गीति गजल

JiBiKa, Khatiwada, जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

ओढ़ी रामनामी दलेको छ चन्दन
असत्यको आगो बलेको छ झनझन्

हरयाली डाँडा र पाखाहरुमा
बिषालु यो हावा चलेको छ झनझन्

सुरम्य र सानो छ यो राष्ट्र मेरो
तथापि यो स्वर्ग गलेको छ झनझन्

 

प्रजाले लडी पाएको यो स्वतन्त्र
दुर्भाग्यले यो ढलेको छ झनझन्

लगाएं लता गाँउ, बेशी ,शहरमा
बिषयुक्त सारा फलेको छ झनझन्

जीविका खतिवडा ‘अश्रु’
सिक्किम
हालः Biratnagar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.