आज
आज अचानक
रातको सन्नाटालाई चिरेर
झुल्कीएको चम्किलो अनुहार
त्यहि अनुहार सग टासिंएको
चनाखो अनि सुन्दर आखाले
मेरो सलवलाइ रहेको मनलाई
छ हेरिरहेको अनि बोलिरहेको ।
मुहार हेर्दा लाग्छ मलाई असजिलो
आफ्नो भारिले मलाई
रूपान्तरित गरिएको छ सुस्केरामा
तर सुस्केरा हुन्छ सबैमा
त्यो निस्केको हुन्छ / कसैको गीत बनेर
कविता ,कथा ,गजल बनेर
यस्तै अनुभवको सङ्गालो हो आवाज
त्यसैले बोलिरहने छ ऊ।
यतिबेला आस्थाका बाटाहरु
भएका छन् कमजोर
खडेरी लागेको छ विवेक र चिन्तनमा
लागेको छ धमिरा
नैतिक मुल्य र मान्यतामा
त्यसैले हुनुपर्छ दृढ इच्छाशक्ति
लाग्नै पर्छ नीडर भएर
बुद्धको देशमा खोज्नु परेको छ शान्ति
सिताको देशमा हराएको छ,
नारी आस्मिता त्यसैले मसि सगै बोलिरहने छ ऊ।
मौनताको गीत रचेर को निदाउन सक्छ र?
ऊ बोलिरहन्छ हर क्षण
चाहे जाने वा नजानेर
सायद ऊ जन्मेको हुनसक्छ बोल्नकै लागि
अरु को बोलेको छ र ससारमा?
खाएका छन् सबैले
सबैले छन् गाएका
तर बोलेको छ ऊ मात्र केवल
आफ्नो विशिश्ट्तालाई चाहदैन गुमाउन
त्यसैले बोलिरहेको ऊ शताब्दीयौ देखि
र बोलिरहने छ ऊ युगौ युग सम्म।
२०७३ वैशाख २१,पोखरा
