बुझि लेउ पिशाचहरू हो . . . . . .

Jibika, Khatiwada, जिबिका खतिवडा,  pallawa , पल्लव

जिबिका खतिवडा

हाम्रो आट लिएर लौ बनि रथ्यो यौटा बृहत पार्टी यो
नाना जात र भेषले बुनिएको बिरंगी माला थियो
हेर्थे माथि बसीदेखेर रमिता हामी मिलेको यहाँ
छुट्यो लौ न धनिष्टता निमेषमै आक्रान्त भो जिवन॥

तोड्ने यी नर रुपी दानवहरु अपांग या लालचि
देखाई तिनले नपुंसकता छुटे कतै भाग लिई
किनिए सब आफनै मोल लिई शान्ति त्यहा के छ र!
भोगेकै छन है माथि यिनले सबको छि:छि: दुरदुर॥

 

टेकी दुई नाउमहाँ तहरिई, जादै छन् पार हुन
अहिले सम्म यहा दुई नाउ टेक्ने लाग्या छ को पार हुन?!
ओल्लो घाट न पल्लो तिर हुन गयो यि पापिको जीबन
बुझेनन् उनि रत्न थे उस बखत होमि गए लोभमा॥

आज लोक उठेर थुक्छ उनमा छि:छि:र थु:थु:गरी
हिड्छन के गरि यो धरातलमहाँ बाँच्दा हुनन् के गरी
आशा जो जनको गरेर यिनले पुगे त्यहि आसन
दिगो छैन भबिश्य हेर यिनको सोच्दै छन लौ जन

घाइते बाघ सरि बनेर जनता आक्रोशित गाउँमा
साम्ने बाट त भागछौ तर कठै!पर्छौ सिधै मुखमा
तिम्रा कारण आज गाँउ घरमा हामी ननिका भयौ
माफि माग्न भनेर आज जनका अगाडि गयौ

झुक्दैनौ कहिले तिमी झैँ भाग्ने न हामी पर्यौ
बुझि लेउ पिशाचहरू हो मार्ने या मर्ने पर्यौ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.