जयदेव गोविन्दका बहरबद्ध दुइ गजल‎

Jayadev, Gobinda,जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

बहरबद्ध गजल– १,
नेपाल हेर्दै दिन थाल्न पाऊँ
हिमाललले देह पखाल्न पाऊँ ।

डसेर भाग्ने निच दुष्टताको
पियारले बुद्धि पगाल्न पाऊँ ।

विभेद मासेर चुलो पखाली
मिलाप भाँडो म बसाल्न पाऊँ ।

 

युवाँजुटाई बल सिर्जनाले
विशाल आवाज निकाल्न पाऊँ ।

धुजा-धुजाँयो शशि-सूर्य झण्डा
जोडेर सिङ्गो म उचाल्न पाऊँ ।

छन्द : उपेन्द्रवज्रा
121 221 121 22

बहरबद्ध गजल– २,
सुगाँबाघ झैं हेपुवाँहुन्न साथी
जलै सुक्न थाले कुवाँहुन्न साथी ।

खुवाँधेर घोट्दाँडढी तिक्त बन्ला
हलेदो उसिन्दाँखुवाँहुन्न साथी ।

उकास्ने र झार्ने प्रथाँहुन्छ आफ्नै
टुसाँउम्रिदै पालुवाँहुन्न साथी ।

भुवाँफालिए कुर्सी नै वन्छ साह्रो
बिगारेर कुर्सी भुवाँहुन्न साथी ।

म नै सर्व-व्यापी नठानौं कसैले
बिनाँखाल जम्ने जुवाँहुन्न साथी ।।

छन्द : भुजङ्गप्रयात ।
बहरे मुतकारिब मुसम्मन सालिम
122 × 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.