बहरबद्ध गजल

Manoj, Fafle, Mansun, मनोज काफ्ले ‘मनसुन’, pallawa, पल्लव

मनोज काफ्ले ‘मनसुन’

गन्दैछु तारा यहाँ सम्झेर प्यारी तिमी
एक्लै रुँदैछौ त्यहाँ तड्पेर प्यारी तिमी ।

आभास भो रातमा आँखा रसायो जब
धारा बगे आँसुका झल्केर प्यारी तिमी ।

यो भाग्यले ठग्दछ भन्ने सुनेको थिएँ
साँच्चै पुग्यो त्यै कुरा लौ हेर प्यारी तिमी ।

 

भुल्नै नसक्ने भएँ टाडा भएको बखत
काट्दैछु यो जीन्दगी पर्खेर प्यारी तिमी ।

मेरै हियामा बस्यौ मानेर आफ्नै पति
आमा बुबा जन्मघर त्यागेर प्यारी तिमी ।

अर्कान 2212 212 2212 212
बहर बसीत

मनोज मनसून

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.