डुबाई नहरमा , मलाई तिमीले ।
नखोजे बगरमा , मलाई तिमीले ।
बसाएर दिलमा, बचनले नहान
नघोचे अधरमा ,मलाई तिमीले ।।
नशा लाग्छ तिम्रो,नयनको सधै त्यो ।
हिडायौ नि भरमा ,मलाई तिमिले।।
नराम्रो न गर्दा , न गर्दै गिरायौ ।
सबैको नजरमा ,मलाई तिमीले ।।
भयो अाज नाता, म तोड्दैछु हाम्रो ।
गर्यौ घात सफरमा ,मलाई तिमीले ।।
सुत्र :१२२ १२२ १२२ १२२
बहर :मुतकारिब
मुसम्मन सालिम
देव “विरहि ”
दाङ तुल्सिपुर
