शिव प्रसाद काफ्लेका मुक्तकहरु

Shiv, Prasad, Kafle, शिव प्रसाद काफ्ले,  pallawa, पल्लव

शिव प्रसाद काफ्ले

तिमी त गयौ यो मुटु तोडेर गयौ,
सकिनौ लैजान याद छोडेर गयौ,
भुलेर नामि भैछौ रे वाचा र कसम,
रोपेर भाला मन उता जोडेर गयौ ,

यहाँ महिलाको हिंसा महिला हरु नै गरिरहेछन,
मलाइ वेश्या बनाएर आफू सावित्री बनिरहेछन ,
रुप र बैशको अचेल बजार लाग्छ शहरभरी,
यौवन बेच्न तछाड मछाड लाइन लागिरहेछन,

 

सुन्दर समुन्नत नेपालको म चाह गरिरहेछु,
यो देशमा म एउटा तानाशाह खोजिरहेछु,
हुदैनन कोहि नेपाली सिमापारिबाट ढुङ्गा हान्ने,
हुन ती वैरी सारा नेपालिका म खुलेर भनिरहेछु,

यार गयौ मन वेचैन बनाएर,
जिन्दगिको नौलो ऐन बनाएर,
कठोर छु जस्तो लाग्थ्यो तिमिभन्दा धेरै,
पगालेरै छाड्यौ मैन बनाएर,

शिव प्रसाद काफ्ले
देवदह , रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.