१६ अक्षरीय गजल

JiBiKa, Khatiwada,जिबिका खतिवडा, pallawa , पल्लव

जिबिका खतिवडा

आजभोलि माया पनि बेरसिलो द्वन्द्व भा’छ
मेरो माया झापा पारी सिक्किममा बन्द भा’छ ।

भारतले नाका बन्द गरिदिदा हाम्रो माया
सांगितिकरौनक बिना त्यसै त्यसै मन्द भा’छ ।

सम्हालेर सम्हालिन्न यो संकटको घडीमा
मेरो मायामा चर्को आन्दोलन बे-छन्द भा’छ ।

 

बीर गोर्खाली नचिनेरै मधेश लिने आँट
ब्यर्थै गर्यौ नैपालीको आँट अझै बुलन्द भा’छ ।

जे गरेनी सक्ने छैनौ, फेल हुन्छ तिम्रो जाल
त्यसैमा नै ‘जिबिका’को ठूलो परिवन्द भा’छ ।।

जिबिका खतिवडा
गान्तोक सिक्किम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.