दाउरा

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

लघुकथा
घरमा कोही नभएका बेला बाहिर निस्कन लागेको नातिले विरामी हजुरबाको हातमा चाबीको झुप्पा दिदै भन्यो -हजुरबा, म दाउराको कुपन लिन जाँदैछु, यो चाबी आमा आएपछि दिनु होला है ।
-अनि कति दाउरा ल्याउछस बाबू ? हजुरबाले सोधनु भो ।
– एक क्विन्टल त दिन्छ हजुर बा सरकारले , त्यही भए पनि ल्याउनु पर्यो नि ! नातिले थप्यो ।
– अनि नाथे एक क्विन्टलले पुग्छ त ? तेरी हजुरआमालाई पोल्दा त चार क्विन्टल लागेको थियो । हजुर बा गम्भीर हुनु भयो । उहाँलाई लाग्यो, अहिलेको नाकाबन्दी, बन्द, हडतालले गर्दा छोराहरुले बाबुको अन्त्येष्टिका लागि समयमा नै आफूलाई चाहिने दाउराको जोहो गर्न लागे

 


– आ हजुर बा पनि ? मान्छे पोल्नलाई होइन भात खानलाई दाउरा लिन जान लागेको । नातिले हास्दै फेरि थप्यो- अचेल त हजुर बा, मान्छे पोल्न दाउरा चाहिन्दैन, आफ्नो अधिकार खोज्ने राजनैतिक पार्टीले नै बसमा, ट्रकमा हिड्दा हिड्दै दागबत्ती दिन्छन ।
– यही त हो केटा, लोकतान्त्रिक अधिकार पहिचान र सामर्थ्य भनेको । सबैले आफ्नो जात जनाइ रहेका छ्न । नातिको कुरामा चित्त बुझेछ क्यार ! गान्धी गिजा देखाउदै हजुरबा धक फुकाएर हास्नु भो ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *