भए पेट खाली कलाकार रुन्नन् ।
नपाएर ताली कलाकार रुन्नन् ।।
कतै भ्रष्ट नेता कतै राष्ट्रघाती ।
प्रतिष्ठा खसाली कलाकार रुन्नन् ।।
छ मागी चलेको यहाँ राज्य सत्ता ।
ठटाएर थाली कलाकार रून्नन् ।।
कलाकार साँचो ,सुधो ,स्वप्न द्रष्टा ।
दिए हुन्छ गाली कलाकार रून्नन् ।।
यहाँ शक्ति ,सत्ता र पैसा सबैको ।
छ हालीमुहाली कलाकार रून्नन् ।।
बहर : मुतकारिब मुसम्मन सालिम
रुक्न : फऊलुन् × चार
छन्द : भुजङ्गप्रयात
