चिटिक्कै परेकी, रहेछौ पियारी ॥
सुबासै छरीकन, गएछौ पियारी॥
भुतुक्कै भएँ त्यो, सुगन्धी रसैले॥
दिलै यो लुटी त्याँ,लगेछौ पियारी॥
अधेरी रहुञ्जेल् , बसेरै बितायौँ ॥
बिहानी सितैले ,भिजेछौ पियारी॥
जवानी छचल्की, भएछौ शराबी ॥
रुपैको नशामा , डुबेछौ पियारी ॥
थिएनौ तिमी यो,धमीलो जगतमा॥
तिमी चै उ माथी,उडेछौ पियारी ॥
रुक्न-फऊलुन्, मात्रा-३×४=१२,
बिश्राम===६-६,,
—जि एम सुरेश”प्रभात”—-
—काभ्रे -२, फाँटा दाङ—–
