सभा हुन्छन् कुरा सुन्न छेउ मै बसिदिन्छु म
अयोग्य व्यक्ति कै पूजा गरियोस् हेरिदिन्छु म
तर विद्रोह को आगो म चाहन्न जगाउन
मै उफ्रे कसरी बांच्ला नेपानी अनुशासन ?
म पात हूँ झरे हुन्छ बगैंचा सप्रियो भने
म थोपो हूँ सुके हुन्छ समुद्र भरियो भने
म धूलो हूँ उडे हुन्छ धर्ती स्थिर भयो भने
म व्यक्ति बिग्रिए हुन्छ मेरो देश बन्यो भने
सुपुत्र जन्मे किन चाहियो धन
कुपुत्र जन्मे किन चाहियो धन
एसर्थ सम्पत्ति भनी भनी कन
नफाल व्यर्थै अनमोल जीवन
आलस्य यै बोकिs बसी रहें भने
सत्कर्म केही नगरी गएँ भने
भन्नन् मलाई पछि का सबै जन
मुकुन्द को व्यर्थ गयो नि जीवन
आलस्य यै बोकिs बसी रहें भने
सत्कर्म केही नगरी गएँ भने
भन्नन् मलाई पछि का सबै जन
मुकुन्द को व्यर्थ गयो नि जीवन
सुपुत्र जन्मे किन चाहियो धन
कुपुत्र जन्मे किन चाहियो धन
एसर्थ सम्पत्ति भनी भनी कन
नफाल व्यर्थै अनमोल जीवन
म पात हूँ झरे हुन्छ बगैंचा सप्रियो भने
म थोपो हूँ सुके हुन्छ समुद्र भरियो भने
म धूलो हूँ उडे हुन्छ धर्ती स्थिर भयो भने
म व्यक्ति बिग्रिए हुन्छ मेरो देश बन्यो भने

धन्य हो ! गुरुको आस्था दृढता अनुशासन
यो दृष्टान्त विना कहाँ बन्छ संवृद्ध शासन ??