मान्छे बिना आश हुँदै हुँदैन
चट्टानमा सास हुँदै हुँदैन !
गोब्रे किराले थुतुनो धसार्दा
संसारको नाश हुँदै हुँदैन !
सानो छ भन्दै नथिचौँ कसैले
दानो नभै राश हुँदै हुँदैन !
गम्के जवानी फिसलिन्छ नानी
घाँटी-बिना प्यास हुँदै हुँदैन !
आकाश हेर्दै फल कुर्न थाले
समृद्धि त्यो खास हुँदै हुँदैन !
हाँसेर मर्ने दृढ स्वाभिमानी
सैतानको दास हुँदै हुँदैन !!
बहरबद्ध गजल
इन्द्रवज्रा
● 221 221 121 22
