ओम कुमारीका केही मुक्तक

Om, Kumari, ओम कुमारी,pallawa, पल्लव

ओम कुमारी

कतिन्जेल बस्ला लुकेर भारत !
नांका खोलेको छ झुकेर भारत !!
यसरीनै हामि डगेनौ भने साँच्चै !
अझै कति रुन्छ दुखेर भारत !!

भत्किएको धरहरा लाइ उठाउनु छ !
बिछडिएका परिवार हरु जुटाउनु छ !!
बर्षौ पछी फेरी बनेको छ सम्बिधान !
मिलेर सबै बिकाशको मूल फुटाउनु छ !

 

भुलाइ दिन्छु जगत हजुरको साथमा हुँदा !
मधुरो दियो अनि त्यो हात मेरो हातमा हुँदा !
दुनिया डाहा गर्नेछन् हाम्रो जोडी लाइ देखेर !
छुट्टै अनुभुति गर्नेछौ हामि सुहाग रातमा हुँदा !

सुख भन्दा दुखको वास्तविक जिबन हो !
सम्झिनु त्यो झन् हाम्रो ममुल्य धन हो !!
न रोएर टर्छ न चाहेको बेलामा मरिन्छनै !
यो त हाम्रो लागि निएतिको बन्धन हो !!

दु:खको यो काहानी के सुनाउँ र परदेशीको
ठाउँ नै छ यो बिरानी के सुनाउँ र परदेशीको
हजारौंको भिडमा पनि एक्लो आभास हुँदाहुँदा
आँशु कै छ शिरानी के सुनाउँ र परदेशीको

” पाल्पाली ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.