सित्तै मिले रमाई खाने हजार हुन्छन्
पल्कोस् भनेर भट्टी लाने हजार हुन्छन्
खाए तुरुन्त लाग्ने ऊर्जा छ के सुरामा
गर्जेर शेरजस्तै जाने हजार हुन्छन्
बन्छौॅ ‘म’वाद प्रेमी एक्लो भएर रुन्छौॅ
साथी कुटुम्बजस्तै ठाने हजार हुन्छन्
श्रीकृष्ण एक आफू पत्नी कयौॅ भएझैॅ
गुम्बा, विहार थोरै माने हजार हुन्छन्
बहर -मुजारे मुसम्मन अखरब
रूक्न :मफ्ऊल+फाइलातुन्+मफ्ऊल+फाइलातुन्
छन्द :दिक्पाल
