उठाएर बस्ती कहाँ जान्छ मान्छे?
स्वयम आफुलाई महान ठान्छ मान्छे
म बुझ्दैन साँच्चै नजरका इशारा
अरे यार बेग्लै नजर हान्छ मान्छे
अनौठो छ मान्छे विरानो शहरमा
कठै! भन्नु जे-जे भने मान्छ मान्छे
उकाली चढाएँ धकेल्यो मलाई
पछारेर खुट्टा दुई तान्छ मान्छे
न पागल बनायो न सब्जन बनायो
हुरी जिन्दगीले कहाँ लान्छ मान्छे?
हिडेको छ साथी बनाएर टाढा
फलानो नछुट्ने कसम खान्छ मान्छे
लिलामी भएको छ जीवन अँध्यारो
कसैको भरोसा भए धान्छ मान्छे
म कस्तो छु? स्वार्थी निस्वाथी बताऊँ
दिएको बचन मन खुशी छान्छ मान्छे
बहर-मुतकारिब मुसम्मन सालिम(१२२ १२२ १२२ १२२)
भिजल मगर भावुक (गुल्मी)
