मेरो प्रेम कथा

 अभिषेक राजवहाक

अभिषेक राजवहाक

सायद यो मन मरूभुमी रहेछ,
जहा पिडा का सिउडी त पलाउन सक्छन् तर
माया का फुल होईन्।
यो माया भन्ऩे चिज नि कस्तो रहेछ। यो एक थोक बनेर आउछ र सबै थोक लिएर जान्छ। मलाई उसको मनको राजा भन्थी तर सायद उसको मनमा पनि लोकतंत्र आएछ होला। आज पनि जब रात पर्छ तब उसका यादहरूले सताउन थाल्छ।न त मर्न दिन्छ न त बाच्ऩ ।एक जिउदो लास जस्तै चल्दो रहेछ जिन्दगी।

गाउबाट शहर पसेको म आमा बाबाको असल छोरो।
केही गरेर देखाउने र पढे लेखेर भविष्य बनाउने घोको बोकेर शहर पसे म।
एस.एल.सी. पास गरेर कलेज पढन भनेर काठमांडू मा नाम लेखाए।

 


कलेजको पहिलो दिन
नयाँ ठाउ,नयाँ मान्छेहरू आज सबै चिज नयाँ देख्दै छु यहाँ।
कलेजको पहिलो दिन कसैसँग चिन जान थिएन। कलेज ठुलो थियो किलास खोज्ऩै गाह्रो।
एक जना स्टुडेन्ट एक्लै मोबाईल चलाउदै मुसु मुसु हास्दै गरेको देखे । हेर्दा काले-काले,जिउडाल पनि मोटो हेर्दै शहरीया टाईपको थियो।अब उसै सँग सोध्ऩु पर्ला भनेर उ भएकै तिर जान थाले।
उ भएको ठाउ मै गएर रोकिए। र उ तिर हेर्दै भने
हलो!
मेरो आवाज सुनेपछि उ पनि प्रश्ऩवाचक हेराईले म भएको तिर हेर्दै हलो! भन्यो।
म हल्का मुस्कुराएर सोध्ऩ थाले । यो 11 क्लास कहाँ होला?
यसो भन्दा उसले पनि मुस्कुराएर नै प्रतिप्रश्ऩ गर्न थाल्यो।
किन?
म यहाँ न्यु स्टुडेन भएकाले 11 को क्लास नै भेट्याउन सकिन।यसो भन्दा म अलि मदतको गुहार लगाएको आवाजमा भने। उ हास्दै भन्ऩ थाल्यो। म पनि न्यु नै हु!
कुन फेकेल्टी?
कमर्स! मेरो उत्तर।
ओहो त्यसो भए त सँगै परे छौ। म पनि कॉमर्स नै हु। उसले हाई! म समिर गिरी भनेर मित्रताको हात अगाडी बडायो।
उसले यसरी बोलेको देखेर म पनि फ्रेक भएर नै हात बडाउदै भने
हलो! म उजवल घिमिरे।
त्यस पछि हामी आफ्ऩो परिचय आदान प्रदान गर्दै क्लास भएतिर लाग्यौ।
क्लासमा धेरै जसो स्टुडेन्ट आएर कुरा कानी गरिरहेको देखे।सबै आफ्ऩै कुरा मा व्यस्त थिए। कोही गिलि लिलि हास्दै,कोही डेक्स माथि बसेर कुरा गर्दै,
हामी भने कहाँ बस्ऩे भनेर ठाउँ खोज्दै थियौ। उ पछाडी ठाउँ खाली छ! समिले औला देखाएर नै भन्यो।
आफु भने कहिलै पछाडी नबस्ऩे पछाडी को ठाउ गफाडीहरूको लागि हो जस्तै लाग्थ्य़ो तर अरू सबै प्याक भएका कारण पछाडी बस्ऩ कर नै लाग्यो।
एकछिन पछि सबै चुपचाप लागे। म अचम्म मा पर्दै समि सँग सोध्ऩ थाले।
के भो किन सबै शान्त?
समिले बिस्तारै ढोका तिर हेर्दै भने “सर!”
ढोका तिर हेर्दा सबै ठुला ठुला बुढाहरू देखे । सबै गुन गुन गर्दै कुरा गर्दै थिए क्लास बाहिर। एकछिन पछि सबै सरहरू क्लास भित्र पसे। सबै स्टुडेनट गुड मडिंग सर एकै स्वर मा भने। पछाडीका कोही कोही स्टुडेन्टहरू भने उठेन्ऩ ।सायद दादा प्रविधि देखाउदै थिए होलान् भन्ऩे सोच आयो। एक एक गरेर सबैले सर म्याडमहरूले आफ्ऩो परिचय र पढाउने विषय बारे भन्ऩ थाले। त्यो दिन त्यति कै बित्दै गयो। समिसँग नै घनिष्ठता बढाउदै।

कलेजको दोस्रो दिन हामी क्लास मै कुरा गर्दै बसि रहेका थियौ समि र म।
समि सारै गफाडी टाईपको रहेछ। एकैछिन चुपचाप नलाग्ऩे।आफु भने कुरा कम गर्ने मान्छे परेर होला उसलाई त्यस्तो देख्या। आखाहरू डुलाउदै केटीहरू भएतिर हेरे।केही काली,केही गोरी, सबै किसिमका केटीहरू देखियो। कोही कोही त मेरो पेजमा लाईक गर्नेहरू पनि थिए।आफु भने कविता र गजलहरू स्कुल देखि नै कोर्ने गर्थे। फेसबुकले भने मेरा कविताहरू सबै सामु पुग्ऩ मदत गर्ने ठुलो काम गरेको थियो।
हामी भन्दा केही ब्रेन्च अघिका केटीहरूको आवाज भने साह्रै ठुलो। कहिले हास्छिन्,कहिले काना खुसी गर्छिन्। एक जनाले भने ठुलो स्वरमा कराउदै ढोका भएतिर हेरेर भनिन् “ओए! यहाँ आईज”
यसो भन्दा सबैको ध्यान त्यो आवाज तिर केन्द्रीत भयो। सबैले ढोकातिर हेर्न थाले र म पनि। सायद त्यो ढोकाबाट नै मेरो जिवनमा मायाका ढोका खुलेको थियो। उ क्लास भित्रसँगै मेरो मन भित्र पनि छिरी छे।
मैले परीका कथाहरू साना हुदा सुनेको थिए!
सायद परी साचिकै हुदो हो त पकै पनि उ जस्तै हुदो हो!फरक बस पखेटाको मात्र थियो। उ हास्दै भित्र छिर्न थाली। ती अगाडीका केटीहरू सँग गएर कुरा गर्दै थिई।कुरा गर्ने क्रममा उसका केशहरू उसको मुख भित्र नि पसेको उसलाई थाहा नै थिएन। म भने उसको सबै गतिविधि नियालेर हेर्दै थिए। अचानक समिले करायो।
ओए! कहाँ हरायौ? किताब छोडेर केटीतिर ध्यान हा। भन्दै उसले आफ्ऩो आखी भौ माथी सार्न थाल्यो।
आफु भने लाजले भुतुक्कै भएछु र भने
त्यसो होईन यार! जस्ट हेर्या मात्र। सायद गाउबाट आएकोले होला उसँग बोल्ऩ जाने हिम्मत नै भएन।
हुन्थ्यो पनि कसरी कुन आधारमा म उसँग बोल्ऩु।
एक हिन्दी डाईलक याद आयो।
“जान न पैचान,मे तेरा मैमान” झै हुनु थिएन मलाई। त्यो दिन उसलाई नै हेरेर नै बित्यो। रात भरी उसकै अनुहार याद आई रहयो। त्यतिकै मा फेसबुक खोले र उसको याद मै एक हाईकु पोस्ट गरे पेजमा

“उसको हासो
जसमा मोहनी छ
मोहित भए”

पोस्ट गरी सकेपछि भोली फेरी उसलाई हेर्ने आशा मा रात काटन थाले। अब कलेज पढाईका लागि होईन उसलाई भेटन जानका लागि हुन थाल्यो।
म पढाईको बाटो बाट हटेर प्रेमको बाटोमा कहिले पुगेछु पत्तै पाईन। कलेजको तेस्रो दिन म चाडै कलेज पुगेर क्लासमा बसि रहे । जहिले कोही त्यो ढोकाबाट आउथ्यो लाग्थ्यो उही नै आई रहिछे । एक एक गरी सबै क्लासमा पसे तर उ आईन। न त त्यो दिन समि नै आयो। सायद उ सम्म पनि आएको भए बोर! त हुदिन थिए।
त्यो दिन घण्टी गन्दै बसियो। १,२,३ देखि ५ सम्म। म यस्तो व्यक्ति को परिकल्पना गर्दै थिए जसको नाम शुद्ध मलाई थाहा थिएन। कसैलाई सोध्ऩ पनि नमिल्ऩे।कसैलाई भन्ऩ पनि नमिल्ऩे।
साह्रै दोधार मा परे। पानी बिनाको माछा झै तडपि रहे।
दिनहरू बित्दै गए।कॉलेजमा साथीहरू पनि बन्ऩ थाले। समिर,जयप्रकाश,नारायण आदि ।
एकदिन समि र म केन्टिनबाट आउदै थियौ।अचानक पछाडीबाट आवाज आयो।
ओए! उजवल
म र समि रोकियौ ठाउको ठाउ र यता उता हेर्न थाल्यौ। त्यो आवाज जयप्रकाशको हो भन्ऩे हामीले थाहा पाईसकेका थियौ। नियाल्दै जादा उ त पछाडी पो रहेछ।केही केटीहरूसंग उसले हातको इशाराबाट नै हामीलाई बोल्यो। केटीहरू देखेपछि समि कहाँ रोकिने वाला थियो र! म भने अलि अकमक्कीन थाले किनकी त्यहाँ उ पनि थिई। समिले जम भन्ऩ थाल्यो। म भने जादिन भनेर घुर्कि लगाउन थाले तर उस सँग भेटन भने साह्रै मन थियो।कति नखडा गर्या हिडन भन्दै समिले तान्दै लगि छाडयो। त्यहाँ जयप्रकाश र उसका साथीहरू पनि थिए। के हो जयप्रकाश हामीसँग चै जान पहिचान गराउदैनौ साथीहरूसँग पवाकै भनि हाल्यो। समिले विशेष इशारा भने केटीहरू तिर गर्दै भनेको मैले स्पष्ट देखे। उसले पालै पालो सबैको ईन्टरो गराए। ईन्टरो गर्ने कम्रमा उ पनि थिई।
जयप्रकाश ले उतिर औला देखाउदै भने उ भने “एलिसा श्रेष्ठ” हाम्रो गुरूपको नेवार्नी यसो भन्दा जयप्रकाश ले अलि जिस्काएको स्वरले भने। उ पनि के कम थिई र!
जयप्रकाश लाई ठुला ठुला आखा पारेर भन्ऩ थाली अनि आफु नि बाहुन!
“जहा गुलियो त्यही बाहुन भुलियो!” थाहा छ कि छैन भन्दै हास्ऩ थाली उ। यसो भन्दा अलि चस्क मलाई बिज्यो हुन त म पनि बाहुन नै थिए। उसलाई पहिलो पल्ट यति नजिकबाट हेर्दा धेरै खुसी र डर पनि लागि रहेथ्यो। डर यसकारण कि कतै मैले उसलाई लुकिलुकी हेरेको थाहा त पाउदिन भनेर।
उ हासि रहे थिई। हास्दा मुख छोपेर हास्ऩ थाली ।हुन त सबै केटीहरू हास्दा मुख छोपेर नै हास्छन् कुन चै को त्यो भित्र को दात बाहिर झर्छ कि जस्तो गरेर हास्छन्। मन परेको मान्छेको हरेक चिज राम्रो लाग्छन् भन्छन् सायद त्यसैले होला आज उसको त्यो ठट्टा पनि राम्रो लागि रहेथ्यो मलाई।
समिले उसको हासो रोक्ऩ खोज्दै भन्यो हेर है एलिसा बाहुनको यस्तो बेईजत भने नगर नत्र कोही कोही हाम्रा बाहुन साथी कवि नि छन नि फेरी नेवारको बिल्ला गर्देला नि कविता बाटै।यसो भन्दा समिले मतिर आखा देखाउदै भन्दै थियो। त्यो हेराईको मतलब एलिसाले थाहा पाईहाली अनि सोझै आखी भै माथि सारेर मलाई प्रश्ऩ गर्न थाली तिमी कवि हो र?
उसको अगाडी के बोली फुटथ्यो र मेरो। त्यही पनि हिम्मत गरेर नै भने होईन हलका फुलका लेख्छु।
मलाई कविताहरू साह्रै मन पर्छ तिम्रो पेज छ फेजबुकमा? उसले सोध्ऩ थाली।
छ भने र मेरो नाम सर्च गर्न भने उसले मोबाइल झिकी ओरी नाम सर्च गरी। मेरो छेउ मै आएर देखाउदै भनि यो हो हेर त।
मैले हो को इशारा मा आखा झिम्कयाए। त्यसपछि त के थियो र उसले मेरा पोष्ट पढन थाली सबै। म धेरै माया प्रेमको कुरा लेख्थे। धेरै जसो धोका पाएका स्ट्याटसहरू। कतिले त मलाई कवि भन्थे त कतिले दुःखी आत्मा । मलाई दिएका ती नामहरू मध्य म कोही पनि होइन जस्तो लाग्छ किनकी न म न त साहित्यकार जस्तो कविताहरू लेख्थे न त कसैको मायामा अहिले सम्म धोका नै पाएको थिए। म त बस् अरूको जिवन शैलीलाई बुझने प्रयत्ऩमा केही भावनाहरू र शब्दहरू मिसाएर केही कोर्थे।
किलास संचालन भई सकेका हुनाले उ हतार हतार मलाई बाई पछि भेटौला भनेर कलास तिर भागि। उसलाई यी आखाले जहाँ सम्म भेटथ्यो त्यहा सम्म हेरीनै रहे। उ बिस्तारै यी आखाबाट ओझेल हुदै गई।

त्यो दिन त्यति कै बित्यो। हाम्रो पहिलो भेट सम्झिदै म घर तिर लागे कलेज बिदा भएपछि। बस् प्रतीक्षा थियो त अर्को दिनको उसँग अझै नजिक हुनको लागि।

abhishekrajbahak@gmail.com

One thought on “मेरो प्रेम कथा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.