गोर्खालीको शीर झुक्दैन !!!

B.b., Tamang, Ghising, बी.बी. तामाङ घिसिङ, pallawa, पल्लव

बी.बी. तामाङ घिसिङ

मेची र कोशी कर्णाली हाम्रो कहिल्यै सुक्दैन |
गोर्खाली’हुँ हामी दुश्मनको सामु शीर झुक्दैन |

स्वदेशको माया मुटुमा राखी लड्ने छौं हामी |
चन्द्र ,सूर्य फर’फराउँदै अघि, बढ्ने छौं हामी |
मरेबरु मर्न तयार देशको,निम्ति साथ छुट्दैन |
गोर्खाली हुँ हामी दुश्मनको सामु शीर झुक्दैन |

बुद्धको जन्मभूमि कति राम्रो हिमालको छाँया |
जहाँ बसे पनि भुल्दिनौं, हामी नेपालको माया |
हिमाल र तराई हामी नेपालीको नाता टुट्दैन |
गोर्खाली’हुँ हामी दुश्मनको सामु शीर झुक्दैन |

मेची र कोशी कर्णाली हाम्रो कहिल्यै सुक्दैन |
गोर्खाली’हुँ हामी दुश्मनको सामु शीर झुक्दैन |

रचना : बि.बि. तामाङ घिसिङ
रामेछाप बिजुलीकोट ३, काङ्बा
[१५/०६/२०७२]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.