ऊसँगको भेटमा…

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

व्यस्त सहरको एउटा कुनामा
अनायास भेटें उसलाई
मलाई देखेपछि एकाएक लजाई
एक छेउमा सियो राखेकी रहिछे
अर्का छेउमा–
चाइनिज ब्याट्री, ग्यास लाइटर
र केही चुरोट सलाई
सोधें ठूली, कसरी चल्दैछ जीवन
मुसुक्क हाँस्दै भनी उसले
जसरी चलिरहेको छ देश ।

 

शुष्क भएछन् ओठ
चाउरी परेछन् गाला
एकाएक हराएछ हिमालझैं अनुपम सौन्दर्य
मेटिएछन् हत्केलाका भाग्यरेखाहरु
फेरि सोधें
ठूली, असमयमा नै बूढी भइछौ नि
उसले मुसुक्क हाँस्दै फेरि थपी
के गर्छौ यस्तै हो
उज्यालो कुर्दाकुर्दै बूढी भइयो ।

सुरू सुरूमा मीठो गीत गाउाथी ऊ
सुन्दर लेख्थी कविता
अतीत कोट्याउादै फेरि सोधें
अचेल गीत गाउादिनौ ?
लेख्दिनौ कविता ??
उसले उदास हुादै भनी
जुन दिन तिमीले मेरो आाखाको स्वर्णिम सपना र
ओठको मुस्कान लिएर भाग्यौ
त्यसै दिनदेखि मर्‍यो मभित्रको कविता
र हरायो मभित्रको गीत ।

स्मृतिको धमिलो छालमा अझ हराएा
र फेरि सोधें
सागै कोसीको बाढीमा
केराको थामको डुङ्गा चढेको याद आउादैन ?
एउटै आापको कोया दुइटैले चुस्दै खाादै
झगडा गरेको याद आउादैन ?
खमारमा परालका बोझाहरुको घर बनाएर
माटाको भाँडाकुाडीसागै
बेहुला बेहुली भएर खेलेको याद आउादैन ?
उसले आफ्ना आाखाबाट पग्लिएर झर्न आतुर
आासुलाई हत्केलाले पुछ्दै भनी
असम्भव कुराको याद गरेर के गर्नु
त्यही यादलाई बिर्सन त म
फूलको सुन्दर गाउाबाट
काँडाको यो विषालु सहर आएको छु ।

प्रकाशित: आश्विन १६, २०७२,

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *