उज्ज्वलका केही मुक्तक

Ujjwal, Gc, उज्ज्वल जि‌सी‌,pallawa ,पल्लव

उज्ज्वल जि‌सी‌

वैरीसंग नझुक न भन्दा मानेनौं तिमीले कत्ति पनि
संकटको व्यवस्थापन गर्न जानेनौं तिमीले रत्ति पनि
अभावको ढोलक बजाई खै कतिदिन नाच्नु हामीले ?
हो,जनतालाई त मान्छे नै ठानेनौं तिमीले यत्ति पनि ।

मुखमा राम–राम बगलीमा छुरा रै’छ हजुरको
जेजे भन्नुहुन्थ्यो सबै नक्कली कुरा रै’छ हजुरको
कसरी भनौं अब दक्षिण एशियाका महानायक ?
हेर्दा मर्दजस्तो तर नाडीमा चुरा रै’छ हजुरको ।

 

खुसियाली पलपल छाओस् तिम्रो जीवनमा
सुखैसुख हांसीहांसी आओस् तिम्रो जीवनमा
सौभाग्य र आरोग्य चन्द्रमाझैं अटल रहि
शत्रुले नि गुणगान गाओस् तिम्रो जीवनमा ।

नेपालीका स्निग्ध स्वाभिमान सधैं झुकाउन खोज्नु हुन्छ
हिजो दिएर आजै ती अनुदान चुकाउन खोज्नु हुन्छ
बल्ल पो त चिन्यौ हामीले तपाई मित्र हो कि शत्रु भन्ने
ओहो ! नाका नै रोकेर हाम्रो पेट सुकाउन खोज्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.