बहरबद्ध गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

तिमीमा महादम्भ खानी छ नानी
सुरा झैं चढेको जवानी छ नानी !

युगौं साथ बाँच्ने तिमीले गरेको
सही-छाप ल्याप्चे किटानी छ नानी !

दुई धार राख्यौ उही दाप-भित्रै
यही एक मेरो रिसानी छ नानी !

 

दही-दूध चोरेर ठेकी हरायो
ठुटो काठ ठिङ्गो मदानी छ नानी !

निभेको चुलामा बढी के छ बाँकी !
जुठोमा मिलेको खरानी छ नानी !

निहत्था बनाएर पर्दा खसेको
तिमीसाथ मेरो कहानी छ नानी !

छन्द: भुजङ्गप्रयात, – बहरे मुतकारिब मुसम्मन सालिम)
१२ अक्षर, यगण – ISS – फऊलुन् x ४) रुक्नमा आधारित
● जयदेव गोविन्द (आचार्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.