छन्दः उपजाति
पुजी सिमाना अनि मात्र आयौ
मारेर छोरी ससुराल धायौ
आत्मा रुवाईकन भात खाई
छामेर हेरी भन शान्ति पायौ?।
गाना सुनायो तन नाच्न थाल्यो
हिरो यसैमा झन नाच्न थाल्यो
ऐले सबैका घरमा धमाका
झन् देश आइकन नाच्न थाल्यो।।
कुरा कसैका नसुनेर आऊ
मेची र काली पृय गीत गाऊ
रोल्पा र डोल्पा मुगु कालिकोट
बुझेर आऊ अनि खोज भाउ।।
छन्दः इन्द्रबज्रा
खाएर खाना झन गाल पार्छौ
पाएर लिन्नौ भन के सुधार्छौ
आमा नखाई कन काख च्याँप्दा
उल्टै तिमीले जननी झपार्छौ।।
