के पिलायौ कुन्नि खै,आज बेहोसी भएँ
गाउँमा हल्ला चल्यो,मै यहाँ दोषी भएँ!!
खोक्रिएको जिन्दगी,रित्तियो हाँसो खुसी
आँशुको खोज्दा मुल्य,साउँने खोली भएँ!!
ब्यार्थ मन दुख्ने हुदा,रुन्छु एक्लै रातिमा
काम छैनौ भन्नु भो,अर्थ हिन् छोरी भएँ!!
पोख्न ती पीडाहरू,खोज्छ यी मान्छे यहाँ
ए हजुर् मै आखिरी, दुःखको गोजी भएँ!!
बिग्रियो मस्टिष्क यो,बाँच्न गार्हो भो मलाई
मर्न काल आए हुने,बाह्र मास् रोगी भएँ!!
बहरे मदीद
२१२२ २१२// २१२२ २१२
फईलातुन फाईलुन / फाईलातुन फाईलुन
मात्रा २४ वर्ण १४
विश्राम=७ अक्षरमा
नानू मगर
किचनास ८ स्याङ्जा
