कति दुख पाइन्छ थाहा पाइयो हामी एक नभए
मधेसीहरूले कति हेप्छन् बुद्धि र बिबेक नभए
देखाउने र चपाउने दाँत फरक फरक हुँदोरहेछ
त्यसैले ज्यूँदै मर्नुपर्दोरहेछ असल छिमेक नभए
साँच्चैमधेसीहरूको यो रबैया कस्तो लाग्यो बाबुराम जी
सरिता गिरीको चल छैयाछैया कस्तो लाग्यो बाबुराम जी
कति रोए कति भावुक भए प्रचन्ड तिमीले छोडेर गएपछि
तिमीलाई चाहिँ जनकपुरको भैया कस्तो लाग्यो बाबुराम जी
उपेन्द्रको जस्तै मोदीको पनि मन कुरुप रहेछ
नेपाललाई भारत बनाउने मात्रै यो तुरुप रहेछ
राजेन्द्र बिजय महन्थ र उपेन्द्र नेपाली होइनन्
त्यसो त बाबुराम पनि उनीहरूको गुरुप रहेछ
छिमेकी पनि कहीँ यस्ता घाती हुन्छन्
म त भन्छु बरू नभएकै जाती हुन्छन्
के थाहा हामी सोझो नेपालीहरूलाई
मधेसीहरू यतिधेरै खुराफाती हुन्छन्
सोच भारत अझै बिबेकी भएर सोच
नेपाल तेरो मित्र हो छिमेकी भएर सोच
किन गर्छस नाकाबन्दी तैँले नेपालीलाई
सक्छस् भने असल मित्र अनेकी भएर सोच
