मलाई असाध्यै, रुवायो कसैले ।
छुरा झै बचननै, धसायो कसैले ।
उ फोटो र चिट्ठी, पठाएर जान्छ ।
नराम्रो गरेर ,सतायो कसैले ।।
त निर्दोष भन्दै, सधैनै म माथी।
नभाको व्यर्थै दोष, लगायो कसैले ।
म तिम्रो हुने थे, अरे भाग्य खोटो ।
अनौठो कुरा पो, सुनायो कसैले ।।
नचाहेर मैले , बनाएछु साथी ।
थपक्कै ति हातै, थमायो कसैले ।।
छन्द: भुजङ्गप्रयात, – बहरे मुतकारिब मुसम्मन सालिम)
१२ अक्षर, यगण – ISS – फऊलुन् x ४) रुक्नमा आधारित
देव “विरहि ”
दाङ तुल्सिपुर
