अस्मिताको धज्जी उडाई रहेछन्
सोझि नारी धेरै फसाई रहेछन्
भावनाको कस्ले कदर गर्छ हाम्रो
बेचि चेली पैसा कमाई रहेछन्
बेदनाले गर्दा रसाए परेली
आँसु थाम्दै आशा जगाई रहेछन्
बन्न आए साथी छुरा हान्न रैछ
भन्छ नानाभांती सताई रहेछन्
गल्ति गर्ने यौटा लिने दोष अर्को
आफु फस्दै साथी बचाई रहेछन्
अन्त माया गाँसी यता ठिक्क पार्दै
आफ्नु मान्छे टाढा बनाई रहेछन्
स्वच्छ माया ठानी बनें मुर्ख मान्छे
हुन्छ धोका भन्दै डराई रहेछन्
