विवश पोख्रेलका केही मुक्तकहरूः

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

तिम्रो सुन्दर रूप हेरेर कहिले रात लजाउँछ
तिम्रो अधरको मुस्कानसँगै प्रभात लजाउँछ
विन्ती † छाता फ्याँकेर यो झरीमा नरूझ्नु प्रिय
तिमीलाई देखेपछि झर्दाझर्दैको बर्सात लजाउँछ ।

अनागरिकको खल्तीमा सहजै नागरिकता भेटिन्छ
धर्मको विवादमा बाइबल, कुरान र गीता भेटिन्छ
हरे ! कति अभागी छौं हामी , कति निरीह छ देश
जहाँ सधैं, डराइरहेको बुद्ध र रोइरहेकी सीता भेटिन्छ ।

 


देश पीडा
गोटामा बेच्नुपथ्र्यो भ्यागुताहरू नापेर बेच्न थालिएछ
भ्यागुताको व्यापार गर्न थरीथरीका भ्यागुता पालिएछ
एउटा टिप्यो अर्को उफ्रन्छ, अर्को टिप्यो अर्को उफ्रन्छ
देश, भ्यागुता व्यवसायमा व्यर्थै गलत प्रक्रिया चालिएछ ।
खोजी
ठूला माछाहरू समुद्र खोज्छन् भूरा माछाहरू कुलो खोज्छन्
खोज्ने क्रममा, कोही सानो खोज्छन्, कोही ठूलो खोज्छन्
हजुरबा ठीकै भन्नुहुथ्यो ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि’
परेवाहरू आकाश खोज्छन्, गडेउलाहरू दूलो खोज्छन् ।
विश्वास
सहमतिभित्र पनि षडयन्त्रको अनौठो खेल हुनसक्छ
सत्ताका लागि श्याल, बाख्रा र कुखुराको मेल हुनसक्छ
ला कान्छा ला, झन्डा उचालेर ला जिन्दावादका नारा
तर बेइमानीको बजारमा फेरि विश्वास फेल हुनसक्छ ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *