निशब्द मनको,
उथलपुथल भावका
सम्बेगहरु समेटेर,
बिचार-बिमर्श को संग्राहलयमा,
अस्तित्वको खोजि गर्दै,
मौनताको पर्खाल तोडेर,
जुरमुराए आदम्य साहास।
समय संगै,
बोली परिवर्तन ,
बिचार परिवर्तन ,
नीति परिवर्तन .
अनि
उसले प्रकट गर्ने
देखावटि फिक्रि।
परिस्थितिले यथार्थवाद को
पर्दा उघारेपछि ,
र जलनको राप
मनभित्र गुम्सिन नसकेपछि।
एकाएक छर्लङ्ग भो,
पारदर्शी काँच बनेर,
उसको चर्तिकला।
टुटेको ऐनामा
अरुको भाग्य देखाएर,
अर्धकट्टी आफ्नो भबिष्य ठान्ने ,
उसको गलत सोच,
आखिर पुग्न सकेनछ,
समय भन्दा छिटो ,
त्यसैले हार ब्यहोर्नु पर्यो।
सायद उसलाई थहाँ छैन।
यहाँ कयौ बिधुवा,अनाथ ,
टुहुरा, र साहरा बिहीन
बृद्व-बृद्दाको आँसुको मसीले,
पटक-पटक ईतिहास लेखिएको
ऐतिहासिक बिगत हरु!
र त उसका गिद्देनजर
फैलाउदैछ यतैतिर।।।।
