स्याल बाख्राको गोठालो भएको छ
जिन्दगी अझै उकालो भएको छ !
बाघको लासमा झिंगा भन्के पछि
फुर्ति लाउने बिरालो भएको छ !
अलग भइ गए छोरा-बुहारी
आमा पाल्ने यै कोदालो भएको छ !
पुरानो नभत्की नयाँ बनिदैन
निर्माण गर्ने भूइँचालो भएको छ !
जुंगा-दाह्रीमा त कहीं तुना-सारीमा
मेरो इज्जत चैं कठालो भएको छ !!
Jagat Karki

Excellent.