मुना भनुँ या हिरा, लैला, के भनुँ प्रिया ?
म मदन बनुँ लाल कि, मजनु प्रिया !
उडाउलाननी तीम्रो पछ्यौरी बतासले,
आफ्नो हेरबिचार गरि, रहनु प्रिया !
बिर्सन्छ कि भनी नसोच्नु,कहिल्यै पनि,
आफ्नै मुटुलाई कसोरी, बिर्सनु प्रिया !
चाहे आँधी, सुनामी आओस्,फर्कने नै छु,
केही समय धैर्य राखी, पर्खनु प्रिया !
दुख होओस् या चोट लागोस् सहुँला सबै,
तिमी सङ्ग कहिल्यै टाढा, नबनु प्रिया !!
प्रदीप पाण्डे ‘रोदन’
