संविधान आएपछि देशको बिकास होस
हरेक समस्याहरुको सहजै निकास होस
बर्षौं देखिका जनताका चाहानाहरुलाई
समेट्दै अघि बढ्ने अधिकार होस ।।
दुख नि कति भोग्नु परेको हो जिन्दगीमा ।
सुख नि कति खोज्नु परेको हो जिन्दगीमा ।।
जति सोंच्यो त्यति भावुक बनिदिन्छ समय
यसैले कठोर दिल रोज्नु परेको हो जिन्दगीमा ।।
तिमिले मायाँ तराजुमा, जोख्छौ भने
जता जान्छौ उतै तिर, पोख्छौ भने
प्यारको घडा कहिले पो भरिएला र ?
एकोहोरो आफै मात्र धोक्छौ भने ।।
बिन्ती अब, कति पो बिसाउँ
लाग्छ मै पनि, अलिकती रिसाउँ
रिसमा पनि, खुशी मिल्छ होला
त्यसैले म पनि, यी दुबै मिसाउँ ।।
असल मित्रको पहिचान गरौं ।
सफा दिलले सबैलाई हेरौं ।।
हरेकको जिवनमा कुनै न कुनै ,
उन्नती र प्रगतिको कामना गरौं ।।
