शान्तिका केही मुक्तकहरू

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

लोकतन्त्र भन्थे तर आको रै’छ नेतातन्त्र ।
कहाँ कस्ले सिकाएछ जनतालाई ठग्ने मन्त्र ।।
बिग्रिने भो देश साच्चै आउ सबै मिली यहाँ ।
खोजि गरौ पाईन्छ कि देश बनाउने यन्त्र ।।

नला भन्दै थिए माया लाएँ नमानेर ।
लुकी छिपी देउराली धाएँ नमानेर ।।
छुट्दा माया घरीघरी दुख्ने रैछ मन ।
अन्धो बैश हुँदा दु ख पाएँ नमानेर ।।

 

हर पल मान्छे मरेका छन् सडकमा ।
फक्रिएका फूल झरेका छन् सडकमा ।।
सोच्दैछु म खै कसरी यहाँ बाँचिएला ।
यमराज बसाई सरेका छन् सडकमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.