दुर नै भयौ गुन बिर्सियौ किन निष्ठुरी!
यसरी तिमी झन बदलियौ किन निष्ठुरी!
तनमा कतै मनमा कतै रस प्यारको,
पिउने पिएर पिडा दियौ किन निष्ठुरी!
अब साथ दिन्न भनेर पन्छिनु थ्यो भने,
सपना बनी किन देखियौ किन निष्ठुरी !
नहुने भएर,भएर पत्थर बैगुनी,
मनले घृणा गरि फर्कियौ किन निष्ठुरी !
दुर नै भयौ गुन बिर्सियौ किन निष्ठुरी!
यसरी तिमी झन बदलियौ किन निष्ठुरी!
कामिल मुसद्दस सालिम
प्रदिप पाण्डे! रोदन!
गोरखा
