राम्रो थिएँ र सजिलो , पथपास ठान्यौं ।।
ठान्यौं तिमी तर ढिलो , म त खास ठान्यौं ।।
बाटो थियो डहरको , जब हिड्नु साथ
भेट्यौ जसै महकिलो , बदमास ठान्यौं ।।
बोल्दै थिएँ नपिउँदै , मदिरा नशामा
के के सुन्यौ बिरसिलो , उपहास ठान्यौं ।।
सोच्दै छु यो बिरहमा , किन रुन्छ मान्छे ?
चोटै दिएर अमिलो , अवकास ठान्यौं ।।
ज्यूँनें त के रहर भो , भइ बाँच्नु मर्नु
पार्यौ मनै थिलथिलो , जब दास ठान्यौं ।।
छन्द बसन्ततिलका
