१३ अक्षेरीय गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

आउँछु असीम प्यार दिएर जान्छु ।
फर्कदा उपहार दिएर जान्छु ।।

हर धड्कनको एकै चाल् बनाउन ।
कम्पन हूँ लगातार दिएर जान्छु ।।

मात्र एउटा गुलाफ के माग्छौ तिमी ।
सुनगाभा नै हजार दिएर जान्छु ।।

 

देलान कसैले मन कसैले मुटु ।
तिमी जीउने आधार दिएर जान्छु ।।

नभेटिएदै र नछोईएरै पनि ।
प्रेमको पूर्ण आकार दिएर जान्छु ।।

‘सुमी’ अरुकै कोहीको मान्छे भएपनि ।
तिमीलाई नै सन्सार दिएर जान्छु ।।

SUMITRA PAUDEL RIMAL
त्रिशुली, नुवाकोट ।NUWAKOT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.