चौरीका जहिले बथान सँग लौ शेर्पा छ टापू तिर
राडी पो उसले बुनेर जहिले जाँदो छ लौ बाहिर
संसारै भरका मुहार उसले तान्या छ टापू तिर
कामैको कहिले भयो र गणना जातीय हेला पर।
। १।
शेर्पेनी दिदिले बुनेर कपडा ओछयाउँदो बाहुन
नेवारी घरमा बनेर करुवा बोक्दो जलै बाहुन
नेवारी घरमा चुटेर नबने भाँडो कहाँ तात्छ र
आरन् नै दलितै फुकेर नबसे खाडो कहाँ जाग्छ र।
।२।
दर्जीले शुभ साहितै नरसिँगा फूकी इसारा दिँदो
दर्जीले खुटदो कछाड सँगमा बाहुन् छ गाँसै लिँदो
जो मुर्ती सकसै कुदेछ उसमा मन्दिर् छुनै रोक् किन
मन्दिर् नै कसरी बनेछ उ बिना लौ मूर्ख मान्छे किन।
।३।
नेपाली थर नै छ एक सकलै यो देशमा लौ बुझ
संसारै भरमा छ एक धरमै मानब् छ धर्मै बुझ
जाती लौ दुइटा पुरुष महिला संसार सारा चिन
बेकारै अहिले अनेक धरमै जातीय युद्धै किन ?
। ४।
“मेनु” (मेनुका चापागाईं) बिराटनगर -४
