युगबोध र ब्यङ्ग्य चेतनाका प्रयोक्ताः भानुभक्त आचार्य

अादिकवि भानुभक्त अाचार्य

अादिकवि भानुभक्त अाचार्य

Shriram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

भानुभक्त आचार्य प्राथमिक काल (१८२६-१९४०) का नेपाली कविहरूमध्ये र्सव श्रेष्ठ कवि हुन् । उनीलाई भक्तिधारा (१८७३-१९४०)का सवभन्दा नेपालका ठुला कवि पनि मानिन्छ । जो कोही व्यक्तिले धेरै विद्या आर्जन गरेर मात्र ऊ विद्वान्को रूपमा सुपरिचित हुनका लागि आफूले अध्ययन गरेको कुनै विधा अर्थात् आफुले अध्ययन गरेको कुनै विधाको मार्फत जो कोही व्यक्तिको मानसपटलमा छुने गरी सरल सहज भाषामा अभिव्यक्त गरेका शब्द पाच्य हुन्छ अनि मात्र त्यस्ता व्यक्ति विद्वान्को दर्जामा गणना हुन्छ ।

 

यस्तो विद्लतम व्यक्तिहरू मध्ये एक थिए-आदिकवि भानुभक्त आचार्य । भाषाभक्त कविका रूपमा चिनिने भानुभक्त आचार्यले सम्पूर्ण नेपाली साहित्यको प्रतिनिधित्व गरेका हुनाले नै उहाँलाई आदिकवि भनेर चिनिँदै आएको छ ।
वि.सं.१८७१ को असार २९ मा पिता धनञ्जय तथा माता धर्मावतीदेवी आचार्यको कोखबाट पुत्ररत्नको रूपमा तनहुँ जिल्लाको बेसीमाथि जन्मिएका भानुभक्तले सानै उमेरदेखि साहित्यिक वातावरणमा हुर्कने मौका पाएका थिए । उनका बाजे श्रीकृष्ण आचार्य संस्कृतका धुरन्धर पण्डित थिए भने बुबा धनञ्जय आचार्य खरदार पदमा जागिर खाएकाले अन्यत्र जिल्लामा पनि गएर काम गर्नुपर्ने हुँदा भानुभक्त आचार्यको बाल्यकाल बाजे श्रीकृष्ण आचार्यका साथ जीवन व्यतित गरेका थिए । त्यसैबेला बाजे श्रीकृष्ण आचार्य काशी जाँदा भानुभक्त आचार्यलाई पनि साथ लिएर गएका थिए । काशीमा ५/६ वर्षबसेकाले भानुभक्तले राम्ररी अध्ययन गर्न पाए । काशीमा नै आफ्नो बाजेको मृत्यु भए पश्चात् भानुभक्तलाई घर फर्कन बाध्य तुल्याएको थियो ।
उनका बाजेको मत्यू भएकाले ब्याकरण साहित्य पूर्ण रूपमा शिक्षा हासिल गर्न सकेनन् । यिनीमा बाजेको अभाव खड्कियो । १२ वर्षो उमेरमा भानुभक्त ज्योतिष पढ्न ज्योतिषका गएका थिए ।
बाजेको धार्मिक र पारमार्थिक चरित्रको प्रभाव उनमा बालककालदेखि नै परेको थियो । काशीको बसाइ पश्चात् उनमा साहित्यिक लेखनप्रति अनुराग जाग्यो । फलतः उनले सानैदेखि पद्यरचना गर्ने प्रेरणा प्राप्त गरेका थिए । कविता लेख्ने क्रममा आफ्नो बाजेको सम्झना बढी आइरहेको हुँदा आफू (कवि) भएपछि बाजे श्रीकृष्ण आचार्यलाई प्राद्यान्यता दिएर आफ्नो परिचय कविताका माध्यमबाट यसरी दिएका थिए ः
पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण ब्राम्हण थिया
खुब उच्चाकुल आर्यवंशी हुन गै सत्कर्ममा मनदिया
इन्को नाति म भानुभक्त हुँ यो जानिचिन्हि लिया ।
नेपाली साहित्यिमा भानुभक्त आचार्य आदिकवि हुन् । उनीभन्दा अगाडि कविहरू नभएका होइनन् । यद्यपि, किन भानुभक्त आचार्यलाई नै आदिकवीको उपनाम दिइयो त – भन्ने विचार र प्रश्नहरू यदाकदा गुन्जने गरेको छ । त्यसताक इन्दिरस, बसन्त शर्मा, यदुनाथ पोख्रेल, सुवासचन्द आदि कविहरूमध्ये भानुभक्त आचार्यलाई नै आदिकवीको उपनाम दिनुको औचित्य के होला – भनी नेपाली साहित्यका विद्यार्थीहरूमा बारम्बार प्रश्न उठ्ने गरेको छ । तर्सथ, यसको समाधानका लागि आदिकवीको तात्पर्यता र औचित्यतालाई बुझनु अति आवश्यक हुन्छ ।
भानुभक्त भन्दा पूर्वका कविहरूले प्रस्फुटन गरेका कविता सरल नभएको, बुझन नसक्ने, ठेट नेपाली शब्दको प्रयोग नभएको, अस्पष्ट, अन्य भाषाको प्राधान्य रहेको हुनाले नै आदिकविको उपनाम दिन नसकेको तर भानुभक्तका कवितामा ठेट नेपाली शब्दको प्रयोग, शब्दहरू सरल, सहज थिए ।
त्यस्तै, साहित्यिक स्तर मर्यादा र गरिमासहित नेपाली भाषाको प्रतिष्ठान गरे । उनी स्वार्थरहित राष्ट्रवादी कविका रूपमा स्थापित छन् । यिनै विविध गुणहरूले गर्दा नै भानुभक्त आचार्यले अध्यात्मक रामायणको बालकाण्डको नेपालीमा अनुवाद गरिसकेका थिए । तसर्थ, नेपालको इतिहासमा सम्पूर्ण नेपाली भएर देखा पर्ने कवि भानुभक्त आचार्य नै हुन् । नेपाली भाषाको अद्वितीय रूपमा पाइने बोलीचालीको मिठास, सरलता र स्वभाविकताले गर्दा सबैका आत्मियता र ममता जगायो । उनले लेखेको रामायण घर आँगन र चाडपर्वमा गाउन थालियो । संस्कृतको रामायण महाकाव्यलाई आधार बनाए तापनि प्रशस्त मौलिकतासाथ प्रस्तुत गरे । नेपाली भाषाको प्रचारप्रसारमा विशिष्ट योगदान पुर्याधएको र नेपाली भाषालाई गरिमामय स्थान प्रदान गर्ने भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिककालका बिर्सनै नसकिने प्रतिभा हुन् ।
वि.स. १८९१ सालमा एक दिन भानुभक्त आचार्य घाममा हिड्दै गर्दा थकित भएर एक खोलाको तिरमा आराम गरी बसे । भुसुक्क निदाएर उठ्दा खोलाको नजिकै एउटा घासी घास काटिरहेका भानुभक्तले देखे । उनले किन घास काट्नु भो भनेर सोध्दा घासीले जवाफ दिए ”घास बेचेर आएको पैसाले एउटा कुवा खनाई धर्म कमाउछु” । यस्तो कुरा सुनेर भानुभक्त आचार्य अचम्मित भए । तत्कालै एउटा कविता कोरे ः
भर्जन्म घाँसतिर मन्दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
भानुभक्तका बुबा धनञ्जय आचार्य त्यसताक माल अड्डामा जागिरे रहेका र बुबा जागिरे भएको बखतमा हिसाबकिताब नमिलेकाले र वि.सं. १९०९ मा बुबाको मृत्यु भएकाले बुबाको सट्टामा भानुभक्त आचार्यलाई कुमारी चोकमा पाँच महिना नजरबन्द बस्नुपरेको कुरा मोतीराम भट्टले जनाएका छन् । जेलमा अयोध्याकाण्ड, किस्किन्धाकाण्ड र सुन्दरकाण्डको रचना गरे । त्यस पश्चात् नजर बन्दबाट मुक्ति पाएर काठमाडौँमा नै उनले युद्धकाण्ड र उत्तरकाण्ड तयार पारी वि.सं. १९१० सालमा रामायणको लेखन कार्य सबै पूरा गरे ।
भानुभक्त जेल परकै बेलामा आफ्ना छोराको व्रतबन्धमा जानका लागि प्रशासनसँग विन्ति गरी कविता यसरी लेखेका थिए ः
बिन्ती डिट्ठा विचारीसित
म कति गरू चुप रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्याब झै
अनि पछि दिनदिन् भन्दछन् भोलिभोलि ।
जुनसुकै समय र बिषयबस्तुमा कविता लेख्न सक्ने भानुभक्तले सासाना श्लोक, छोटो कविता र लामा कविता लेखेका छन् । विशेष गरेर इश्वर र अध्यात्मिक दर्शन र नीति उपदेशका कुराहरू यिनका कवितामा पाइन्छ ।
भानुभक्त आचार्यका प्रश्नोत्तरी, भक्तमाला, रामगीता आदि अन्य कृतिहरू प्रसिद्ध छन् । त्यस्तै गरी एकै रातमा सासूबुहारीको कलहलाई देखेर ३३ पद्यको बधूशिक्षा लेखेकाले नै महाकवि लक्ष्मीप्रसाद देवकोटाले भानुभक्तलाई नेपाली साहित्यका सर्वश्रेष्ठ पुरूष भनेका छन् ।
उनले वि.स.१९१०मा लेखेको प्रश्नोत्तरमा ४८ श्लोकको खण्डकाब्यबाट लिइएका बीच बीचमा आर्धश्लोक जोडि मिलाई संवादशैलीमा चार/चार हरफमा १३ श्लोक छन् । श्लोक संस्कृत वर्णमात्रिक छन्दका ढाँचामा लेखिएको छ ।
कुन धर्म हो स्वर्ग पुर्याफयिदिन्या
तेस्तो अहिंसा छ बुझेर लीन्या
जागा कउन् हो कसरी उ जान्या
जा सत्-असत्को छ विवेक गर्न्या ।।
प्रश्नोत्तर कविताको मुख्य सन्देश नै नीति चेतनाको प्रवाह गर्नु हो भने यस कवितामार्फ भानुभक्तले दर्शन चेतना प्रस्तुत गरेका छन् । मानव भएपछि नैतिक र चरित्रवान बन्नुपर्छ भन्ने सन्देश कवितामा उल्लेख गरेका छन् ।
पढेलेखेका मान्छे उज्यालो हो भने अनपढ मान्छे अध्यारो हुन्, पढमर्ूख हुन्, पशु सरह हुन् । विद्याले आफ्नो जन्मदिने आमाले जस्तै सुख दिन्छ । विद्यामा जति खर्च गरे पनि सकिदैन । बरू बढ्दै जाने छ । तर्सथ, मानव जीवनमा विद्याको महत्व अपरिहार्य छ भन्छन् भानुभक्त ः
माता सरी सुख दिन्या कुन चिज छ जान्नु
विद्यै छ त्यस्तो अरू कौन खोज्नू ।

भानुभक्तलाई हास्यब्यङ्ग्य चेतना भएको कविको रूपमा पनि लिइन्छ । अन्याय नसहने र अन्याय परेमा प्रतिरोध गर्न समेत पछि नपर्ने भाव कवितामा पोखेका छन् । यदि कसैले अन्याय सहन छ र प्रतिवाद गर्दैन भने त्यो ब्यक्तिलाई लाटोको संज्ञा दिएका छन् । समाजमा देखिएको ब्यतिथिलाई तिखो ब्याङ्ग्य प्रहार गर्न पनि अग्रसर नै देखिन्छ ः
”रोज् रोज् दर्शन पाउँछु चरणको, ताप् छैन मनमा कछु
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी, ठूला चयन्मा म छु
लामखुट्टे उपियाँ उदुस् यी सँगी छन् इन्कै लहडमा बसी
लामखुट्टेहरू गाउँछन् यी उपियाँ नाच्छन् म हेर्छु बसी” ।
अन्तत, भानुभक्त ज्वरो आई थला परे । निकै नै लामो समय ज्वरो आएको हुँदा उनी सिकिस्त भए । त्यसबेला उनले रामगीताको पद्यानुवाद गरे ।। वि.स.१९२५मा तनहुँको सतीघाटमा भानुभक्त आचार्यको मृत्यु हुन गयो । यद्यपि, भानुभक्तको मृत्यू भएको आज २०१ वर्षभइसक्यो तर उहाँ हामी सामू नरहे तापनि उहाँले छोडेर गएका कृतिहरू जीवित छन् । प्रत्येक नेपालीले भानुभक्तलाई ठूलो सम्मान र श्रद्धासुमन दिँदै आएका छन् र दिई नै रहनेछन् ।

बट्टार, नुवाकोट । nlf_nepal@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.