पराई छ आफ्नो बनाएँ त के भो ,
उसैमा रमार्इ हराएँ त के भो ।
थिए दर्द पीडा कसैले दिएका ,
सबैलाई पाखा लगाएँ त के भो ।
टुटेथ्यो भरोसा छुटेथ्यो सहारा ,
दिदाँ हात मैले समाएँ त के भो ।
पुरानो कहानी भुलौँ आउ भन्दै ,
नयाँ मार्ग रोज्न फकाएँ त के भो ।
थियो मन् सुकेको खडेरी दिलैमा ,
पलाएर मुल् झैँ रसाएँ त के भो ।
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ १२२ १२२ १२२
शान्ति अधिकारी
बाके
