एक्लै हुँदा दिल यहाँ , मुटु थर्थरायो ।।
सम्झे जसै सब कुरा , मन बर्बरायो ।।
बाकी छ आशु पिउँने , बिरही नशामा
खल्लो थियो जल जसै , पृत चर्चरायो ।।
प्रेमी बियोग धुनको , रस यौवनैमा
कुल्ची गएर सपना , तन जर्जरायो ।।
लोहार हौ! कि त तिमी , थपना सुनैको
घोट्दै गए जब कसी , झुट दर्दरायो ।।
लर्के उमेर अलिनो , नुन मान्नु खै के ?
खाली भएर दिलमा , ॠतु धर्धरायो ।।
दिनेश क्षेत्री
कालिका ३, बर्दिया
