लजाएर हेर्यौ ममा वात लाग्यो
त्यही लाजले पो यता नीद भाग्यो
अँधेरी बढेथ्यो उता कन्दरामा
तिमी झल्मलायौ नयाँ प्रात जाग्यो
खुसी नै खुसी छन् तिमी हाँस मात्र !
थियो कष्ट भागेर व्रम्हाण्ड नाग्यो
इसारा गर्यौ वा कुनै जादु मन्त्र ?
अहो जिन्दगीले तिमी सिर्फ माग्यो
थियौ जून जस्ती नभाकास माथि
रुहेँ कास ! त्यै दैवले प्रेम टाग्यो
छन्द: भुजङ्गप्रयात, – बहरे मुतकारिब मुसम्मन सालिम)
१२ अक्षर, यगण – ISS – फऊलुन् x ४) रुक्नमा आधारित
