सबैले चिनेको धरा स्वर्ग मेरो
खनी खोस्रिनेको धरा स्वर्ग मेरो !
हिजो माथ थाप्दै बचाएर किल्ला
उठी गर्जिनेको धरा स्वर्ग मेरो !
छिनाली खुँडाले ठुलो शत्रु घाँटी
मुला सम्झिनेको धरा स्वर्ग मेरो !
खपी भोक तिर्खा चढाएर ज्यानै
पिडा बिर्सिनेको धरा स्वर्ग मेरो !
चुमी लेक-बेसी विणा बाँसुरीमा
बजी घन्किनेको धरा स्वर्ग मेरो !
हिमाली छटा झैँ महा-शृङ्गता
चिनारी दिनेको धरा स्वर्ग मेरो !
पहाडी शिलामा मिठा सम्झनाका
कथा लेखिनेको धरा स्वर्ग मेरो !
(पिङ्गल छन्दः भुजङ्गप्रयात), बहरे मुतकारिब
मुसम्मन् सालिम, (सूत्रः ISS, फऊलुन् x ४ )
__जयदेव गोविन्द ।
