आ-लो-चनादेखि यो

Deependra UpadhDeependra, Upadhyaya, दीपेन्द्र उपाध्याय, pallawa,  पल्लव

दीपेन्द्र उपाध्याय

हिड्दै गाउँ पुगेर एक घरमा आ ! लोचना देखियो
साह्रै भोक थियो र त्यै घर पसें आलो चना देखियो,
मागें थोर चना ममाथि उनकै आलोचना देखियो
जे होस् तैपनि आज तृप्त छ यहाँ आ-लो-चनादेखि यो |

आफ्नो पूर्ण कला प्रदर्शन हुने ठावै नपाईकन
रच्ने ईश्वर हुन् कि कालिगड हुन् ? ढाचा पुर्याईकन |
पाए रंग कहाँ अलौकिक यहाँ लाली गुलाबीपन ?
तश्मात् ईश्वरको रहेछ रचना आ! लोचना लोचन |

 

त्यो गोरो अनुहार नाचिरहने झन् गाजली लोचन
सारा मुग्ध हुने चड्यो नि कसरी देदीप्यमानीपन ?
तिम्रोसामु अपूर्ण मानब म हूँ, दृष्टान्त कस्तो दिऊँ ?
तिम्रो कान्तिकला सुसज्जित हुने शृंगार कस्तो दिऊँ ?

अन्तर्हृत्तल चित्त शीतल हुने, आलोक आलोकन
अर्को छैन सुलोचना सरि कुनै मुस्कान छोडे झन |
ज्योत्श्ना, श्री, धृति, कान्ति, प्रीति मधुरो मीठो उही सम्झना
छाई नित्य हवा निरन्तर बगे, होला र आलोचना ?

छन्द : शार्दूलविक्रीडित
Deependra, Upadhyaya, दीपेन्द्र उपाध्याय
बिजौरी ५ दाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.