माया बिना चल्छ गुल्मी
साथी भए छल्छ गुल्मी
संसार हेर्छौ भने यी
जून झैँ दियो बल्छ गुल्मी
माया अहो!! प्रेम कस्तो?
आँखा जुधेँ जल्छ गुल्मी
मान्छे गजलबाट लेखे
पीडा सुने ढल्छ गुल्मी
को बाँच्छ लाखौँ जनम हँ?
प्राणी मरे गल्छ गुल्मी
बहर–मुज्तस
भिजल मगर भावुक ( गुल्मी )
