कोही आफैँ छुराले गला रेटेर रोए
कति त व्यथाकै कुरा समेटेर रोए !
केही दिएर युग उचाल्न खोज्ने पनि
यात्रा टुटेर भुमि भरि लेटेर रोए !
पराया नै आफ्नो ठानेर बसेकाहरू
आफ्नो भन्नेले नै उतै लखेटेर रोए !
समृद्धिका पहाड चढ्ने प्रयास कति
छेकी बिसौनीले उँधै घचेटेर रोए !
हिजो ती हाँसेर शहीद भएकाहरू
आज सालिककै अस्तु नभेटेर रोए !!
त्रिशूली I
१६ असार २०७२ बुधबार I
