दुःखेसो

Bhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

भयो जन्म मेरो रमाएर सारा
समाएर दादा खुसी बार–बार I
पितामा खुसीले बढेको अपार
बुवाका सुनेथेँ सुनौलो विचार II

थियो बाल्यकालै सुखको चिनारी
कहन्थ्यो कसैले पुकारी पुकारी I
हरायो र नास्यो विचारी विनाले
भएँ आज दुःखी म छोरी हुनाले II

 

अहो ! भाग्य मेरो कतै भेटिँदैन
छ मोही अझै प्यास मेटिँदैन I
विधाता तिमी नै गरी के रहेछौ
दुखाई मलाई पराई भएछौ II

अझै माइतीकै छ इज्जत् निशानी
खुबै फक्रिएकी सुकाई जवानी I
बचाएर बाँच्दा सुकेको परानी
म देख्दै छु आफैँ उडेको खरानी II

नदीको किनारा सरी बस्नलाई
पठाए पराई सरी कै बनाई I
वघैँचा समीपै गई बस्न सोच्थेँ
दुखैमा दिएका रहेछन् मलाई II

भुजङगप्रयात,
ISS, य, गण x ४,
– भवानी न्यौपाने ‘भावना’
‘ग’लाइन्, तुलसीपुर, दाङ I

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.