बहरबद्ध गज़ल

RK, Subedi, अार.के. सुवेदी, pallawa, पल्लव

अार.के. सुवेदी

पुरा सहजै नहुने यो, रहरले पोल्यो छाती,
नशा भइ नै रहने त्यो, नजरले पोल्यो छाती।

जता म गए पनि तेतै, नजिक बस्ने भन्दै त्यो,
अझै अगि आउन खोज्ने, अधरले पोल्यो छाती।

म आफ्नु र गाउँ घरैको, नदि र नाला झर्नाको,
समीप त बस्दिन तेस्कै, असरले पोल्यो छाती।

 

तिमी नभए पछि कस्तो, मुटु नि एक्लो भो मेरो,
सँधै भर यो जिवनैको, बगरले पोल्यो छाती।

उनी अहिले अरूको नै, भइसकेको थाहा भो,
सुनेँ कहिले नि नभेट्ने, खबरले पोल्यो छाती।

ISI ISI ISS, III SSS SS
@आरके सुवेदी ‘परदेशी’
-23/06/015.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.