१६ अक्षरीय गजल

 

Rohit, Apjasi, रोहित अप्जसी,  pallawa , पल्लव

रोहित अप्जसी

अमिरलाई मालामाल तिम्रो काठमण्डौमा
गरिबलाई अनिकाल तिम्रो काठमण्डौमा ।

सान्ति नै छ महलहरूमा,सडकमा मात्रै
ईट,ढुङ्गा फालाफाल तिम्रो काठमण्डौमा //

हुनेहरूको त्यहाँ हिरा,मोती,चाँदी कट छ
नहुनेको सधै बेहाल तिम्रो काठमण्डौमा //

 

सानेपा,बालुवाटर र पेरिश डाँडा तिर
नेताहरूकै बोलबाल तिम्रो काठमण्डौमा //

धुवा,धुलो दुरगन्ध जता ततै कोलाहाल
भिड भाड ठेल ठाल तिम्रो काठमण्डौमा //

सफा लुगा, मैलो मन हुनेहरू बस्दो रै’छ
चोर, गुण्डा,फटा,दलाल तिम्रो काठमण्डौमा //

-रोहित ‘अप्जसी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.