गजल

Asha, Regmi, अाशा रेग्मी, pallawa , पल्लव

अाशा रेग्मी

अनौठो लाग्दैछ तिम्रो नै यादमा
विहानी जाग्दैछ तिम्रो नै यादमा ।

विरानो मानव भएर नै आफ्नो
सिरानी भाग्दैछ तिम्रो नै यादमा ।

मिलन–विछोड जीवन यात्रा यो
सीमा नै नाघ्दैछ तिम्रो नै यादमा ।

 

लेखेर सकिन्न यो मायाको वहाव
लेखनी थाक्दैछ तिम्रो नै यादमा ।

मायाको अर्थ बुझ्नै गाह्रो रहेछ
यो प्रेम माग्दैछ तिम्रो नै यादमा ।

Manu Regmi “ASHA”
मनु रेग्मी ‘आशा’
“गजलमञ्च मकावनपुर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.