बहरबद्ध गजल

Spread the love
Hari, Oli, हरि अाेली. pallawa, पल्लव

हरि अाेली

खरानी घसेरै ,म जोगी भएको,
धरी बस्त्र गेरु ,छु ढोंगी भएको /

अलख् राग् अलापी ,सबै गाउँ घर्मा ,
घुमेरै हुँ सार्है ,निरोगी भएको /

मलाई दिनेले ,दिए धेर पैसा ,
त्यसैले बिलासी ,र भोगी भएको /

 

सुनेको भरैमा ,सिकाएर योगा ,
ठुलै ज्ञान बाँडी ,म योगी भएको /

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
ISS, फउलुन् x ४

हरि प्रसाद ओली
साउदी अरब
साउदी अरवियन एयरलाईन
साउदीया क्याटेरिङ
जेद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *